25, June 24, 2017
समाचार

भक्तपुरमा जमिनमुनीबाट आगो निस्कियो

Aago pani %281%29

भक्तपुर, ५ वैशाख  । पानी निकाल्नको लागि डिप बोरिङ गर्दा आगो निस्कन्छ भनेर हामीले कमै सुनेका हौला तर भक्तपुरमा त्यस्तै भएको छ । भक्तपुरको सूर्यविनायकमा खानेपानी निकाल्न डिप बोरिङ गर्दा आगो बलेको छ ।  
सूर्यविनायक १ सिरुटारमा रहेको वडा कार्यालय नजिकै खानेपानी निकाल्न डिप बोरिङ गर्ने क्रममा अचानक खाल्डोमा आगो सल्किएको हो ।

एक सय ५० मिटर गहिलो खाल्डो खनेपछि आगो उत्पन्न भएको हो ।  
खाल्डोबाट निस्किएको आगो ललितपुर र भक्तपुरका तीनवटा दमकलले निभाउने प्रयास गरेका छन् । केमिकल प्रयोग गर्दा पनि आगो निभाउन नसकिएको प्रहरीले जनाएको छ ।

खानी तथा भूगर्भ विभागले गरेको अध्ययन अनुसार यो क्षेत्रमा प्राकृतिक ग्यास रहेको पाइएको छ । प्राकृतिक ग्यासकै कारण आगलागी भएको अनुमान छ ।