21, May 24, 2017
राजनीति

आयोगको निर्णयविरुद्ध उपप्रधानमन्त्री थापा

Resize image.php

 

काठमाडौं ५ वैशाख । निर्वाचन आयोगको निर्णय पुनविचार गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उप–प्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगलाई आग्रह गरेका छन ।
रिपोटर्स क्लब दाङले मंगलबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नुलाई अराजनैतिक र असंवैधानिक कार्य भनि विरोध गरेका हुन ।
‘हामी निर्वाचन आयोगको एक पक्षीय निर्णय कुनैपनि हालतमा स्वीकार्ने पक्षमा छैनौं । त्यो निर्णय पुनर्विचार नभए जस्तोसुकै कठोर निर्णय गर्न बाध्य हुनेछौं’ उनले भने । उपप्रधानमन्त्री थापाले आफूहरुको माग सम्बोधन नभए सरकार र निर्वाचन दुबैमा सहभागी नहुने संकेत गरेका छन ।