17, April 26, 2017
देश

भारत र कुवेतको बाटो हुँदै साउदी पुगेका आठ जना महिलालाई नेपाल फर्काइयो

33 1

काठमाडौं, ५ वैशाख  ।  साउदीमा अलपत्र परेको आठ जना महिलालाई रियादस्थित नेपाली राजदूतावासले नेपाल फर्काएको छ ।
उनीहरुलाई उद्दार गरी दूतावासको सेल्टरमा राखिएको थियो । उनीहरुमध्ये दुई जना सोमबार राती र ६ जना मंगलबार बिहान नेपाल आइ पुगेका छन् ।
आठमध्ये पाँच जना कुवेत हुँदै साउदीमा घरेलु कामदारका रूपमा पुर्‍याइएका थिए । अरु तीन जना भने भारतको बाटो हुँदै साउदी पुगेको दूतावासले जनाएको छ ।