25, June 24, 2017
प्रवास

जल महोत्सवको क्रममा म्यानमारमा २८५ को मृत्यु

995035068 myanmars new year water festival 6

याङगोन, ५ बैशाख । म्यानमारमा देशव्यापी रुपमा चार दिनसम्म चलेको जल महोत्सवका क्रममा २८५ जनाको मृत्यु भएको छ भने अन्य १०७३ जना घाइते भएका छन् । 
यस बर्ष मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्षको भन्दा १३ जना बढी भएको ‘ग्लोबल न्यु लाईट अफ म्यानमार’ले मङ्गलबार जनाएको छ । 
महोत्सवका क्रममा १२ सय ओटा अपराधिक घटना दर्ता भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । 
मृत्यु भएका व्यक्तिहरुको म्याानमारका विभिन्न राज्यका रहेका छन् । सो जल महोत्सवमा मारिनेहरुमा नेपिताउ १०, याङगोनमा ४४, मान्दालायमा ३६, तानीन्थार्यी ११, बागो ३७, माग्वे ११, मोनमा २० राखिनमा १७, शान २९ र अयेयावाड्डी क्षेत्रमा २८ जनाको मृत्यु भएको जनाइएको छ । 
आपराधिक घटनाहरु प्राय हत्यासँग सम्वन्धीत छन् । त्यस बाहेक कार दुर्घटना, लागुऔषध प्रयोग, लुटपाट, समुहगत भिडन्त जस्ता हिंसात्मक घटनाहरु पनि भएको प्रतिवेदनमा उल्लेख छ । 
यस बर्षको परम्परागत पर्व जल महोत्सव गत बिहीबार देखि आईतबार सम्म चलेको थियो । 
गत बर्ष यही महोत्सवका अवसरमा २७२ जनाको मृत्यु भएको थियो भने १०८६ जना घाइते भएका थिए ।