गुजरातमा राष्ट्रपति भण्डारीको भव्य स्वागत

राजकोट भारत ६ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात राज्यको राजकोट पुगेकी छन ।

राजकोट विमानस्थलमा उहाँलाई गुजरात राज्यका गृहमन्त्री प्रदीप जाडेजाले स्वागत गरेका छन ।  स्थानीय झाँकी र वेशभूषासहित स्थानीयवासीले पनि उनलाई स्वागत गरेका थिए ।

नयाँदिल्लीका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गरी राष्ट्रपति भण्डारी आज गुजरातको चौथो ठूलो सहर राजकोट आएकी हुन  । अहिले राष्ट्रपति भण्डारीले यहाँस्थित सोमनाथ मन्दिरको अवलोकन गरिरहेकी त्यहाँबाट विशेष प्रतिनिधि भरत केसीले जनाएका छन ।  रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय