25, June 24, 2017
देश

काठमाडौंका मेयरका उम्मेदवारः जसले आफ्नो बाहेक अरुको भोट पाएनन् (सूचीसहित)

Ktm election

 

१४ जेठ, काठमाडौं । मुलुकको राजधानी काठमाडौं महानगरपालिकाको मतगणना सकिँदा अधिकांश उम्मेदवारको जमानत जफत भएको छ ।कुल एक लाख ९७ हजार २२७ मत खसेकोमा १ लाख ९१ हजार ४१ मत सदर भएका छन् । करीव ६ हजार मत बदर पूर्ण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।काठमाडौं महानगरमा सबैभन्दा लोकपि्रय मत नेकपा एमालेका विद्यासुन्दर शाक्यले नै प्राप्त गरे । मेयरमा निर्वाचित भएका उनले प्राप्त गरेको ६४ हजार ९१३ मत स्थानीय तहको पहिलो चरणका उम्मेदवारहरुले प्राप्त गरेको मध्ये सबैभन्दा धेरै मत हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा उठेर एक मत मात्र पाउने उम्मेदवार पनि रहेछन्, जसले आफू बाहेक आफ्नो परिवारका सदस्यको समेत मत नपाएको बुझ्नुपर्ने हुन्छ ।

उनी हुन्, भगमान गिरी । स्वतन्त्र उम्मेदवार बनेका उनी खुला सुटकेश चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

२०७४ जेठ १४ गते १२:२५ मा प्रकाशित.onlinekhabar.com