25, June 24, 2017
समाचार

बदर मत घटाउन धनुषामा मतदाता शिक्षा कार्यक्रम तीव्र

1494486961 matbadar

१४ जेठ, धनुषा । जिल्ला निर्वाचन कार्यालयले बदर मत घटाउनको लागि मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा धेरै मत बदर भएकोले यही जेठ ३१ मा हुने स्थानीय तहको चुनावमा बदर मत घटाउन कार्यक्रमलाई तीव्रता पारिएको ।

स्थानीय तहको चुनावमा उम्मेदवारहरु धेरै हुँदा मतपत्र धेरै लामो हुँने भएकोले बदर मत बढ्ने शंका जिल्ला निर्वाचन कार्यालयको छ । सोही अनुसार मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

यसपटक बदर मत घटाउनका लागि मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिइएको निर्वाचन कार्यालयका पुष्पा झाले जानकारी दिइन ।

गत संविधानसभाको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा ५ प्रतिशत, २ मा ६.४७ प्रतिशत, ३ मा ४.४२ प्रतिशत, ४ मा ६.१७ प्रतिशत, ५ मा ५.२१ प्रतिशत, ६ मा ७.५५ प्रतिशत, ७ मा ६.९६ प्रतिशत मत बदर भएको थियो ।

२०७४ जेठ १४ गते १३:३६ मा प्रकाशितhttp://www.onlinekhabar.com/