25, June 24, 2017
समाचार

फास्ट ट्रयाक शिलान्यास, ५ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य

Fast trak1

 

 

काठमाण्डौ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाण्डौ–निजगढ द्रूतमार्ग (फास्ट ट्रयाक) शिलान्यास गरेका छन् । प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको यस आयोजना निर्माणको बाराको निजगढमा आइतबार आयोजित एक समारोहमा शिलान्यास  गरेका हुन् । ७६.२ किमी लामो सडक आयोजनाको निर्माण नेपाली सेनाको व्यवस्थापनमा हुने भएको छ। उक्त सडक परियोजना निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ । तराई र पहाड तथा हिमालबीचको दूरी घटाउन उक्त आयोजना महत्वपूर्ण हुने बताइएको छ ...