रामहरी खतिवडाको संगठनका कारण ओखलढुंगामा कांग्रेस पहिलो पार्टी

 

काठमाडौं स्थानीय तहको दोश्रो निर्वाचनमा ओखलढुंगामा मिश्रित परिणाम प्राप्त भएको छ । जिल्लामा एक नगरपालिका सहित ८ वटा स्थानीय तह रहेका छन । जसमध्ये ४ वटा गाउपालिकामा  नेपाली कांग्रेसले निर्वाचित भएको छ । नेकपा एमाले एक नगरपालिका सहित २ गाउपालिकामा निर्वाचित भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र एक गाउपालिका निर्वाचित भइ खाता खालेको छ । 
समग्रमा हेर्दा ओखलढुंगा जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ । यस अघिको स्थानीय निर्वाचनलाई हर्ने हो भने यो निर्वाचन कांग्रेसका लागि उपलब्धि नै मान्न सकिन्छ । संसदीय निर्वाचनमा कांग्रेसले नेतृत्व गर्दै आएको भए पनि २०५४ सालको स्थानीय निर्वाचनमा भने एमालेले बहुमत जुटाएको थियो । तर, २०७० मा सम्पन्न भएको संविधान सभाको दोश्रो निर्वाचनमा कांग्रेसको आधार क्षेत्र मानिने ओखलढुंगााको क्षेत्र न १ एमालेका यज्ञराज सुनुवारले जितेपछि कांग्रेसको संगठनमा धक्का पुग्यो ।  
यता क्षेत्र न २ काग्रेसका रामहरी खतिवडाले चुनाव जितेका थिए । जसका कारण खतिवडालाई कांग्रेसको संगठन गर्न निकै चुनौतिकै विषय बन्यो । कांग्रेसको आधार क्षेत्र तोडेपछि एमालेले तीन जना सांसद बनायो । जसगका कारण एमालेको संगठन मजबुद हुदै गयो । एमालेका तीन जना सांसदसंग कांग्रेसका एक्ला सांसद रामहरी खतिवडाले संगठनको प्रतिस्पर्धा गरे । खतिवडाले रात साँझ नभनी संगठन विस्तार गरिरहे जसका कारण स्थानीय तहको निर्वाचनमा ओखलढुंगामा नेपाली कांग्रेस पहिलो पार्टी नै बन्न पुग्यो । 
एमालेका तीन तीन जना सांसदले सांसदको कोषको रकम मार्पmत गाउमा गाउमा पहुच बनाउनु र कांग्रेसका एक जना सांसदले दुइवटै क्षेत्र समेटनु निकै चुनौति थियो । तर, खतिवडाको जनतासंगको सम्बन्धन र संगठन विस्तार तारतम्यले ओखलढुंगे जनताले कांग्रेसलाई अन्तन पहिलो पार्टी बनाएरै छाडे । खतिवडाले जिल्लामा पहिलो पार्टी बनाउनका लागि रात दिन खटेको स्थानीयहरु बताउछन । चुनावी आमसभामा खतिवडा प्रत्येक गाउपालिकाहरुमा पुगेर कांग्रेसका उम्मेदवारलाई हौसला तथा स्थानीय जनतालाई सहानुभूती दिएका थिए । खतिवडाको लोकप्रियताका कारण कांग्रेसले पहिलो स्थान ओगटन सफल भयो भने एमाले निर्वाचित भएका ठाउमा पनि कांग्रेस प्रतिस्पर्धामा नै देखियो । एमाले निर्वाचित भएका स्थानीय तहमा कांग्रेस र एमालेको प्रतिस्पर्धा देखिएको छ । थोरै मत अन्तरले एमाले जितेको छ । समग्रमा काग्रेसको संगठन जिल्लामा बलियो देखिन्छ । तर, पार्टीभित्रको आन्तरिक खिचातानी, आफुले टिकट पाउदा सही अरुले टिकट पाउदा गल्ती र उम्मेदवारलाई सहयोग नगरेर अन्य पार्टीलाई  सहयोग गर्ने परिपाटीले कांग्रेसको राजनीतिमा जरा गाडेको देखिन्छ । जसको परिणाम ओखलढुंगाको मोलुङ गाउपालिका कांग्रेसको पटड क्षेत्र हुदा हुदैपनि पराजय भोग्नु काग्रेसभित्र बाटै असहयोगको परिणाम हो । त्यसैगरी चिसंखुगढी गाउपालिकामा पनि पार्टीभित्रैबाट असहयोग हुदा काग्रेस पराजय भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय