38, September 19, 2017
ADS
अर्थ/वाणिज्य

नेपालमा बजार हिस्सा बढाउँदै ओप्पो,

 

विश्व बजारमा उल्लेखनिय सफलता हात पार्न सफल स्मार्टफोन ब्राण्ड ओप्पो नेपाली बजारमा प्रवेश गरेको झण्डै १० महिना भएको छ । एफ सिरिज अन्तर्गतको सेल्फी एक्स्पर्ट क्यामेरा फोन ‘एफवान एस’को साथमा कम्पनी सन् २०१६-सेप्टेम्बर-१२ देखि नेपाली बजारमा प्रवेश गरेको हो ।

छोटो अवधि भएतापनि ओप्पो क्यामेरा फोनको लोकपि्रयता हेर्दा भने कम्पनी, नेपालमा स्थापित ब्राण्डका रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । उत्कृष्ट क्यामेरा, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधि सुसज्जित उत्पादन कम्पनीको सफलताको प्रमुख कारण भएको बजार विश्लेषकहरुको भनाइ छ । साथै, कम्पनीको पृथक तथा प्रभावकारी बजार नितिको पनि यसमा उल्लेखनिय भुमिका रहेको उनीहरु बताउँछन् ।

 

विश्व बजारमा ओप्पो चौथौ स्थानमा

 

ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)का अनुसार पनि सन् २०१७को पहिलो त्रैमासमा वैश्विक बजारमै ओप्पो चौथौँ स्थानमा परेको छ । उक्त त्रैमासमा ओप्पोले २५ दशमलव ६ मिलियन विक्रि परिमाण (सेल्स भोल्यूम) र २९ दशमलव ८ प्रतिशत इयर अन इयर ग्रोथ हात पारेको तथ्याङ्कमा उल्लेख छ । आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा चिनियाँ बजारमा बलियो उपस्थितीका लागि ओप्पोको मध्यम बर्गिय क्यामेरा केन्दि्रत आर-९ एसले विशेष भुमिका खेलेको उल्लेख छ । त्यसैगरी बाहिरी बजारमा समेत ओप्पोको बृद्धिदर निकै राम्रो रहेको प्रतिवेदनले जनाएको छ ।

एसियाका अन्य भाग तथा मध्य पूर्वी र अफ्रिकी क्षेत्रमा समेत ओप्पोले बलियो विक्रि सञ्जाल मार्फत आफ्नो उपस्थिती जनाउन सफल हुँदै गएको छ । भारतिय बजारको  ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पो निकै आक्रामक तरिकले लागि परेको छ । त्यसैगरी ईन्डोनेशिया लगायत दक्षिणपूर्वी एसियाली देशहरुमा समेत आफ्नो सेवा केन्द्र स्थापना गर्दै विक्रि पछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेको आडीसीद्वारा प्रस्तुत प्रतिवेदन मार्फत जानकारी दिइएको छ ।

नेपालमा मिड रेञ्ज्ड फोन सर्वाधिक लोकप्रिय

यही सन्दर्भमा ओप्पो नेपालले नेपाली बजारमा ओप्पोको उपस्थितीका बारेमा अध्ययन गरेका छौँ । विक्रेता, उपभोक्ता लगायत फोनसंग प्रत्यक्ष सम्पर्क तथा जानकारी राख्ने सरोकारवाला समावेश उक्त अध्ययनमा सहभागी मध्ये करिव ८० प्रतिशतले अहिले बजारमा सर्वाधिक राम्रो प्रदर्शनी गरिरहेको स्मार्टफोन ब्राण्डका रुपमा ओप्पोकै नाम लिएका छन् । उनीहरुमध्ये ९० प्रतिशतले कम्पनीका मिड रेञ्ज फोनहरुको लोकपि्रयता बढी रहेको बताए । विक्रेताहरुका अनुसार पनि कम्पनीको एफवान एस र हालै सार्वजनिक गरिएको डुअल सेल्फी क्यामेरा फोन एफथ्रीको लोकपि्रयता ब्यापक छ । क्रमश: रु. ३१ हजार ९ सय ९० र ३२ हजार ९ सय ९०  पर्ने यी दूबै स्मार्टफोन मिड रेञ्ज बजार लक्षित हुन् ।

सर्वेक्षणमा सहभागीहरुले बताएअनुसार विशेषगरी सेल्फीका शौखिन यूवा उपभोक्ता माझ यी फोन सर्वाधिक लोकपि्रय छन् । पाको न्यूरोड स्थित एम-जोन प्रालिका सञ्चालक श्रीराज महर्जनले पनि आफ्नो पसलमा आउने अधिकांश ग्राहकको माग ओप्पो नै हुने गरेको बताए । ‘बजारमा आएको छोटो अवधिमा नै ब्राण्डको लोकप्रियता पूराना सफल ब्राण्ड बराबर हुन लागिसकेको छ’ महर्जनले भने ‘कम्पनीको विशेष बजार नीतिले यसमा उल्लेख्य भुमिका खेलेको छ ।’

ताम्राकार कम्प्लेक्स स्थित ई-जोन मोबाइलका प्रदिप मान सिं बानियाँ भन्छन-‘छोटो अवधिमै ओप्पोले कमाएको लोकपि्रयता बास्तवमै आशालाग्दो छ, स्थापित ब्राण्डहरु समेत पाखा लाग्ने स्थितीमा आइरहेको छ र ओप्पोले बजारमा आफ्नो स्थान दरिलो बनाउन सफल भएको छ ।’ उनले यो अबस्थालाई कायम राख्न सके आउने केही समयमै ओप्पोले नेपाली बजारमा पनि विश्व बजारमा झैँ उल्लेखनिय सफलता हात पार्ने उनको भनाई छ ।

सफलताका अन्य सूचक

नेपाली बजारमा नयाँ ब्राण्ड भए पनि कम्पनीले उत्साहजनक प्रदर्शनी गरिरहेको छ । कारोबार सुरु गरेको जम्मा १० महिनामै आफ्ना उत्पादन विक्रिका लागि ६ सय ५० भन्दा बढी आउटलेट्स स्थापना गरिसकेको छ । ओप्पोका अनुसार यसै बर्षको अन्त्यसम्म यो सङ्ख्या १ हजार पुर्‍याउने कम्पनीको लक्ष्य छ । विक्रि भएका फोनको उचित मर्मत सम्भार सेवा उपलब्ध गराइ उपभोक्तालाई सन्तुष्टि प्रदान गर्ने सोंचका साथ कम्पनीले देशका प्रमुख शहरहरुमा ५ ओटा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ । विक्रि पछिको ग्राहक सेवालाई थप सुदृढ बनाउने सोंचका साथ कम्पनीले यसै बर्षको अन्त्यसम्म थप ५ ओटा सेवा केन्द्र स्थापना गर्ने योजना बनाएको कम्पनीले बताएको छ ।

रोजगारीमा पनि अग्रणी

सेवामा गुणस्तरका लागि कम्पनीले झण्डै ५ सय दक्ष तथा तालिम प्राप्त कर्मचारीहरुलाई रोजगारी प्रदान गरिसकेको छ । यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै, सेवाको गुणस्तर समेत राम्रो बनाउन सघाएको कम्पनीको भनाइ छ ।

विक्रि सञ्जाल बृद्धिका साथै यस बर्षपनि थप नेपालीले कम्पनीमा रोजगारी पाउने सम्भावना प्रबल रहेको छ । साथै, कम्पनीले प्रदान गर्ने सेवामा समयसापेक्ष सुधार तथा परिस्कृतिकरणका लागि कर्मचारीलाई विदेश लगेर तथा विदेशी तालिम प्रदायक मार्फत नेपालमै समेत तालिमको ब्यवस्था गरिरहेको कम्पनीले जानकारी दिएको छ । फलस्वरुप उत्कृष्ट विक्रि अनुभव तथा विक्रि पश्चातको सेवाका लागि कम्पनीलाई उपभोक्ता मार्फत उत्साहजनक प्रतिक्रिया समेतइरहेको छ ।

 
ADS