38, September 19, 2017
ADS
विचार/ब्लग

प्रग्या र विद्या मा फरक छ

10369568 702591669816787 5855061045524697023 n

प्रग्या र विद्या मा फरक छ! अरुले लेखेको पढेर ग्यान लिनु विद्या हो भने ग्यानलाई आफ्नै अनुभवले ग्रहण गर्दै आफ्नै इन्द्रियहरुले प्रत्यक्ष अनुभव गरेर जीवनमा उतार्न सक्नु प्रग्या हो!
यसर्थमा भन्दा पढेर डाक्टर, इन्जीनियर बन्ने सबैले ग्यान जीवनमा उतारेकै हुन्छन् या धारण गरेका हुन्छन् भन्न सकिन्न र औपचारिक शिक्षा नलिएको व्यक्ति अग्यानी हुन्छ भन्ने पनि होइन! 
ग्यानी बन्न जीवनमा गुरुको ठूलो भूमिका रहन्छ! बाआमाले भौतिक रुपमा जन्म दिएपनि गुरुले ग्यान दिएर पुनर्जन्म दिंदै जीवन मुक्त बनाउन सहयोग गराउनु हुन्छ!

तसर्थ गुरु माता, पिता र भगवान भन्दा पनि ठूलो हुनुन्छ! किनकी गुरुले नै यि व्यक्तिलाई चिनाउनु हुन्छ! 
सच्चा गुरुले कहिल्यै आफ्नो प्रचार गर्दैनन् र जानेको पनि देखाउंदैनन् सच्चा गुरु भेट्न सक्नु नै जीवन को सफलता सुरु हुनुहो! 
र यो कलियुगमा सच्चा गुरु भेट्न अत्यन्त कठीन छ !
सम्पूर्ण ग्यात अग्यात गुरूहरु प्रति सत् सत् नमन! 
जय गुरुदेव! जय नेपाल!
 

ADS