29, July 22, 2017
ADS
समाचार

कीर्ते नागरिकताका आरोपी जेल चलान

Nagarikta

 

नागरिकता कीर्ते मुद्दाका दमक–२ का फरार एक आरोपी कारागार चलान भएका छन् । 

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक–२ बस्ने ३९ वर्षीय नरबहादुर खड्कालाई आइतबार कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको हो । जिल्ला अदालत झापाले २०७२ जेठ ३ गते खड्कालाई नागरिकता कीर्ते मुद्दामा एक वर्ष छ महिना कैद सजाय सुनाएको थियो । 

प्रहरीले खड्कालाई लुकिछिपी गरेको अवस्थामा घरबाटै पक्राउ गरी आइतबार नै अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । अदालतको आदेशले खड्कालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको उहाँले बताउनुभयो । 

ADS