सम्माननीय प्रधानमन्त्री तथा कांग्रेस सभापतिज्यू,

 विषय ः शहीद घोषणामा भएको लापरबाही सच्याउन अनुरोध । 

सम्माननीय प्रधानमन्त्री तथा कांग्रेस सभापतिज्यू,
                                         विषय ः शहीद घोषणामा भएको लापरबाही सच्याउन अनुरोध । 


 
     
              टेलिभिजनमा देखिने छवि र पत्रपत्रिकामा छापिएका तस्वीरमा तपाईको स्वास्थ्य राम्रो देखिन्छ, त्यसबाट हामीलाई ठूलो संतोष प्राप्त हुने गर्छ । तपाईका विरोधमा विरोधी दलका अतिरिक्त देशी विदेशी शक्ति, मिडिया, आइएनजीओले संचालन गरेका मानवअधिकारकर्मी, कथित् नागरिक समाजका अगुवा आदि सबै मिलेर अभियान चलाएको र त्यसबाट तपाई कत्ति पनि विचलित भएको नदेखिँदा हामीलाई अपार खुशी लाग्छ, किनभने तपाईको नेतृत्व, प्रजातन्त्र र कांग्रेसको प्रभावकारिता नबढेको भए उनीहरुले न्वारनदेखिको बल निकालेर विरोध गर्ने थिएनन् । तपाईलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको मात्र होइन, नेपाली जनताको पनि समर्थन र साथ नभएको भए त्यस्तो विरोधको आँधिवेरीमा कोही टिक्न पनि सक्ने थिएनन् । तर तपाई टिक्नु मात्र भएन, यसअघिका धेरै प्रधानमन्त्रीले गर्न नसकेका काम पनि फत्ते गरेर राष्ट्रलाई गौरवान्वित तुल्याउनु भएको छ । त्यसका निम्ति सबै साथीहरुका तर्फबाट तपाईको अभिनन्दन गर्दछु । 

निरंकुश पंचायत व्यवस्था ढलेर प्रजातन्त्र आईसकेपछि २०४८ सालमा नेपाली काँग्रेसको पहिलो निर्वाचित सरकारका पालामा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा एमालेका तर्फबाट तत्कालीन सांसद राधाकृष्ण मैनाली र काँग्रेसका नेता ओमकार श्रेष्ठ सदस्य–सचिव रहेको एउटा उच्च स्तरिय राजनीतिक पिडित सहायता समिति खडा भएको थियो । त्यस समितिले प्रकाशित गरेको बहु चर्चित ुरातो पुस्तकु मा पनि मेरो दाजु ईश्वर लामा र पदम लामाको नाम शहीदपंक्तिमा ससम्मान उल्लेख गरिएको छ । त्यस बखत शहीद परिवारलाई दिएको एक लाख, हामीले पनि पाएका थियौँ । 
 

  पछिल्लो चरणमा एमाले–माओवादी संयुक्त सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुर्गानन्द झादेखि क्याप्टेन यज्ञ बहादुर थापा, सुखानीको जंङ्गलमा या नख्खुको ओरालोमा मारिएका समेत २२ जनालाई शहीद घोषणा गरिएका समाचार मिडियामा आएका बखत मेरो दाजु ईश्वर लामाको नाम पनि अवश्य आएको होला भन्ने पुरा विश्वास लिएको थिएँ । हाम्रो परिवारको पनि त्यही अपेक्षा थियो । तर गोरखापत्रमा छापिएका २२ शहीदको नामावलीमा ईश्वर लामाको नाम नपाउँदा ज्यादै खिन्न मात्र भइनँ, एक हदसम्म अत्यन्त आक्रोश पनि उत्पन्न भएको थियो । किनभने ती २२ शहीद नामावलीमा एकजना दुर्गानन्द झा र क्याप्टेन यज्ञ बहादुर थापाबाहेक अरु कसैको भन्दा मेरो दाजुको योगदान कम थिएन । उदार प्रजातन्त्रको आदर्शबाट अनुप्राणित भएर निर्दलीय पंचायत व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाका लागि जीवन अर्पण गरेका ईश्वर लामाको त्याग र बलिदान कसैको भन्दा कम हुने सवाल पनि थिएन । त्यो वास्तविकता नख्खु जेलमा सँगै लामो समय बिताएका ओलीजीको स्मृतिबाट ओझेल हुने कुरा पनि थिएन । तैपनि मेरा दाजु शहीद घोषित भएनन् । तथ्य बुझ्दा के पत्ता लाग्यो भने त्यस बखत शहीद घोषणा गराउन शीर्ष तहमा चाहिने पहुँच र पहल पु¥याउने सामथ्र्य मसँग भएन । शीर्ष तहको समझदारी र सहमतिमा शहीद घोषणा हुने राज्यसत्तामा प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने एक अदना तामाङको छोराले कहिले न्याय पाउने ? प्रश्न अनुत्तरित नै छ । उत्तर खोज्नु अपरिहार्य भएको छ । 

 


               निरंकुश पंचायत व्यवस्था ढलेर प्रजातन्त्र आईसकेपछि २०४८ सालमा नेपाली काँग्रेसको पहिलो निर्वाचित सरकारका पालामा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा एमालेका तर्फबाट तत्कालीन सांसद राधाकृष्ण मैनाली र काँग्रेसका नेता ओमकार श्रेष्ठ सदस्य–सचिव रहेको एउटा उच्च स्तरिय राजनीतिक पिडित सहायता समिति खडा भएको थियो । त्यस समितिले प्रकाशित गरेको बहु चर्चित ुरातो पुस्तकु मा पनि मेरो दाजु ईश्वर लामा र पदम लामाको नाम शहीदपंक्तिमा ससम्मान उल्लेख गरिएको छ । त्यस बखत शहीद परिवारलाई दिएको एक लाख, हामीले पनि पाएका थियौँ । 


       निरंकुश पंचायत व्यवस्था ढलेर प्रजातन्त्र आईसकेपछि २०४८ सालमा नेपाली काँग्रेसको पहिलो निर्वाचित सरकारका पालामा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा एमालेका तर्फबाट तत्कालीन सांसद राधाकृष्ण मैनाली र काँग्रेसका नेता ओमकार श्रेष्ठ सदस्य–सचिव रहेको एउटा उच्च स्तरिय राजनीतिक पीडित सहायता समिति खडा भएको थियो । त्यस समितिले प्रकाशित गरेको बहु चर्चित ुरातो पुस्तकु मा पनि मेरो दाजु ईश्वर लामा र पदम लामाको नाम शहीदपंक्तिमा स–सम्मान उल्लेख गरिएको छ । त्यस बखत शहीद परिवारलाई दिएको एक लाख, हामीले पनि पाएका थियौं । रातो पुस्तकमा त्यो सहयोगलाई टोकन मागिएको थियो र यथासमय उचित सहयोग मात्र होइन, पुनर्वासको समेत व्यवस्था पछि गरिने उल्लेख थियो । 
    जननायक विश्वेश्वर प्रसाद कोइरालाको स–शस्त्र संघर्ष आह्वानमा संलग्न हुँदा २०३१ सालमा मेरो दाज्यू ईश्वर लामा गिरफ्तार हुनु भई लगातार ६ वर्ष भन्दा बढी कठोर जेल जीवन भोग्नु भएको थियो । उहाँलाई त्यसबखत फाँसी या जन्मकैद हुनसक्ने राजकाज मुद्दा लगाइएको थियो । २०३३ सालमा बी.पी. कोइरालाले राष्ट्रिय एकता र मेलमिलाप नीति लिएर भारतको निर्वाचनबाट देशभित्र फर्कनु भएपछि होलो खुकुलो हुँदै गरेको राजनीतिक वातावरणमा २०३५ सालमा भएको ऐतिहासिक विद्यार्थी आन्दोलनले जनमत संग्रहको घोषणा गर्न बाध्य तुल्यायो । पंचायत रोज्ने कि बहुदल रोज्ने सवालमा जनमत संग्रह हुन लागेकाले राजकाज मुद्दामा जेलमा रहेका बहुदलवादी सबैलाई आममाफी दिनु अपरिहार्य थियो, २०३७ साल वैशाख १ गते आममाफीको घोषणा पनि भयो । त्यही आममाफीमा २०३७ साल वैशाख २ गते ईश्वर लामा कारागार मुक्त हुनुभयो । जेल बाहिर आएपछि काँग्रेसका शीर्ष नेताहरु बी.पी. कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, महेन्द्र नारायण निधीसँग प्रत्यक्ष सम्पर्कमा रहेर पार्टी संगठन सुदृढीकरण र आन्दोलन विस्तारका लागि अहोरात्र खटिनथाल्नु भयो । उता त्रिविविमा एम.ए को पढाई पनि जारी राख्नु भएको थियो । त्यसका निम्ति उहाँलाई बीपी कोइरालाको अनुग्रह र वरिष्ठ नेता भीम बहादुर तामाङको सहयोग जुटेको थियो ।


               २०३९ सालमा बीपी कोइरालाको देहावसानपछि त्रिभुवन विश्वविद्यालयको एम.ए. को अध्ययन छाडेर आफ्नै जिल्लाको संगठन विस्तारको अभियानमा जुट्नु भयो । त्यसबखत ईश्वर लामा, जिल्ला कार्यसमिति धनुषाका सदस्य हुनुहुन्थ्यो । त्यसै बिच प्रतिबन्धित काँग्रेसले २०४२ साल जेठ १० गतेदेखि सत्याग्रह आन्दोलनको घोषणा ग¥यो । सोही आन्दोलनमा भाग लिने क्रममा जेष्ठ ११ गते ईश्वर लामा धनुषामा गिरफ्तार हुनु भयो । (२०४२ सालमा नेपाली काँग्रेसको आव्हानमा संचालित सत्याग्रहमा भाग लिने क्रममा धनुषा नगरपालिका वडा नं. ६ मालटोल बस्ने झगर सिंह तामाङ्ग र सन्सरी तामाङ्गका वर्ष २९ को अविवाहित छोरा ईश्वर लामा र सोही ठाउँ बस्ने पदम लामा (वर्ष ३० विवाहित) लाई तत्कालिन पञ्चायती प्रशासनले पक्राउ गरी विभिन्न जेल तथा यातना शिविर अस्थाई जेल खडा गरी कृषि विकास आयोजना (जे.ए.डि.पी.) नक्टाझिज, सुर्तिविकास कम्पनीको गोदाम घर, महेन्द्रनगर, जलेश्वर कारागार महोत्तरी, एस.पी. कार्यालय जनकपुर, धनुषा हुँदै, हनुमान ढोका काठमाडाँै, नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, प्रहरी तालिम केन्द्र महाराजगञ्ज र प्रहरी तालिम केन्द्र महाराजगञ्ज र प्रहरी हेडक्वाटर नक्साल आदी ठाउँहरुमा राखेको थियो । मौखिक रुपमा जेल तथा अड्डासार गर्ने बहानामा उहाँहरुलाई तत्कालीन पञ्चायती शासकहरुबाट अत्यन्त क्रूर तरिकाले हत्या गरि लास वेपत्ता पार्ने काम भयो । ईश्वर लामा र पदम् लामाका विषयमा अनुसन्धान भएका विभिन्न आयोगका प्रतिवेदनहरुमा (सो व्यहोरा) उल्लेख भएको पाईन्छ ।
    
    यहाँसम्मको यति विवरण के तथ्य पुष्टी र प्रमाणित हुन्छ भने माथि उल्लेख भएका २२ शहीदका नामावलीमा ईश्वर लामा र पद्म लामाको नाम छुटेको पहुँच या. सार्सफोर्स नपुगेर मात्र हो । यतातिर आएर शहीद ईश्वर लामा प्रतिष्ठानले एक स्मृतिग्रन्थ पनि प्रकाशित गरेको छ । सो ग्रन्थमा ईश्वर लामासँग जेल या हिरासतमा भेट भएका ४० भन्दा बढी महानुभावहरुले आफ्ना संस्मरणहरु लेख्नु भएको छ । त्यस्ता लेखकहरुमा रामहरि जोशी, रामराजा प्रसाद सिंह, मोहनचन्द्र अधिकारी, मार्शल जुलुृन शाक्य, राधाकृष्ण मैनाली, दमननाथ ढुङ्गाना, आनन्द प्रसाद ढुङ्गाना, राजेश्वर नेपाली, लोककृष्ण भट्टराई आदि हुनुहुन्छ । उहाँहरु सबैले ईश्वर लामा र पदम लामालाई राज्यका तर्फबाट अहिलेसम्म शहिद घोषण नभएकोमा आश्चर्य प्रकट गर्नु भएको छ । 
    यहाँनिर उल्लेखनीय तथ्य के छ भने पार्टी सभापतिका हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा स्वयमले नेपाली काँग्रेस पार्टी कार्यालयका तर्फबाट पहिले नै ईश्वर लामा, र पदम लामालाई शहिद घोषण गरियोस भनेर सिफारिस गरी गृह मन्त्रलायमा सकिसक्नु भएको छ । के.पी ओली नेतृत्वको तत्कालिन सरकारले २२ शहिद नामावलीमा ईश्वर लामा र पदम लामाको नाम त्यसबेला छुटाएको अब नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आफैँ प्रधानमन्त्री हुनुहन्छ । २०३१ र ३२ सालमा नक्सुजेलमा सँगै बसेका, एउटै भान्छाको भात खाएका र टेवल टेनिस पनि सँगै खेलेका ईश्वर लामा र पदम लामालाई उनीहरुको त्याग तपस्या र बलिदानको उच्च मूल्यांकन गर्दै अविलम्ब शहिदको सूचीमा राख्न प्रधानमन्त्री तथा पार्टि सभापति र सिङ्गो काँग्रेस पाटिसमक्ष यो निवेदन गरेको छु । शहिदमाथि न्याय दिलाउन फेरि अरुले शहिद बन्न नपरोस् । त्यो दिन आयो भने शहिदको सारप, अरुलाई भन्दा बढि काँग्रेसलाई लाग्न बेर लाग्ने छैन । सबै कांग्रेसजनले त्यो सत्यलाई मनन गरेर आ–आफ्नो ठाँउबाट त्यसका निम्ति दबाब र प्रभाव प्रयोग गरी ऐक्यबद्धता प्रदर्शन गरिदिन हुन शहिद परिवारका तर्फबाट विनम्र अनुरोध गर्दछु । 

 

 


    यो खुलापत्र,  यस कारण प्रेषित गरिएको हो कि कुनै समय तपाईको सहयोगले शहिद ईश्वर लामा, यो प्रकाशनसँग पनि सम्बद्ध हुनुहुन्थ्यो । यो विडम्बना नभएर हाम्रो सौभाग्य भएको छ कि शहिदको सपना खेर गएन । देशमा प्रजातन्त्र आयो र तपाई प्रधानमन्त्री हुनुहुन्छ । नेपाल र नेपालीको मुहारमा उज्यालो छर्न, तपाईहरुले अँध्यारो युगमा गर्नु परेको संघर्षको स्मरण दिलाउन  परेको हो । धन्यवाद । जय नेपाल ।
 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गोर्खाली जनता विकासको पक्षमा छन्, चुनाव जित्छौं : राजेन्द्र बजगाई

                   नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा ...